ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड: वितरणयोग्य नाफा ३ अर्ब माथि, अन्य सूचक कस्ता ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड: वितरणयोग्य नाफा ३ अर्ब माथि, अन्य सूचक कस्ता ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले तीन महिनामा सवा अर्ब बढी खुद नाफा कमाएको छ । शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

पहिलो त्रैमासमा बैंकले १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने ३.०४ प्रतिशतले बढी हो ।

तर, बैंकको खुद ब्याज आम्दानी भने ४९.९२ प्रतिशतले बढेर ४ अर्ब ८० करोड १५ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।यस्तै, बैंकको संचलान नाफा पनि ६.४२ प्रतिशतले वृद्धि भई १ अर्ब ७९ करोड ८५ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । यता, वितरणयोग्य नाफा पनि ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा ३.९१ प्रतिशतले बढेर ४ खर्ब ४३ अर्ब १६ लाख ६३ हजार रुपैयाँ पुगेको छ । तर, कर्जा लगानी भने ०.२७ प्रतिशतले वृद्धि भई ३ खर्ब ५७ अर्ब ३७ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।

बैंकको खराब कर्जा पनि २.२८ प्रतिशतले वृद्धि भई ४.३८ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ २९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने ५ रुपैयाँ ०४ पैसाले वृद्धि भई १६८ रुपैयाँ ३ पैसा कायम भएको छ ।

बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने २४ अर्ब ४३ करोड रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्