एभरेष्ट बैंकको अध्यक्षमा डा.बालगोपाल वैद्य « Arthapath.com
२४ कार्तिक २०८०, शुक्रबार

एभरेष्ट बैंकको अध्यक्षमा डा.बालगोपाल वैद्य



काठमाडौं । एभरेष्ट बैंकको अध्यक्षमा डा.बालगोपाल वैद्य चयन भएका छन् । बिहीबार बसेको संचालक समितिको बैठकले बैंकको अध्यक्ष वैद्यलाई निर्विरोध चयन गरेको हो । यसअघि वैद्य बैंक संचालक रहेका थिए ।

अर्थतन्त्रका ज्ञाता वैद्य एभरेष्ट बैंकमा २ दशकदेखी संचालक रहदै आएका छन् । वैद्यले नेपाल राष्ट्र बैंककाे गभर्नर महाप्रसाद अधिकारीसँग शुक्रबार सपथ लिएका छन् ।

बैंकमा लामो समयदेखि अध्यक्ष रहेका बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएपछि वैद्य अध्यक्ष बनेका छन् । विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहिरहनु भएका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत भइसकेका छन् ।

एभरेष्ट बैंक स्थापनादेखी जिवनको अन्तिम अवस्थासम्म कुशल नेतृत्व गर्न सफल श्रेष्ठले बैंकलाई विदेशी ज्वाइन भेञ्चर पार्टनरकाे रूपमा पञ्जाव नेशनल बैंकलाई भित्र्याएर नेपाली बजारमा अब्बल बैंक बनाएका थिए । तर, गत कात्तिक ६ गते सोमबार ९४ वर्षको उमेरमा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्