कति छ कृषि विकास बैंकले घटाएपछिको नयाँ ब्याजदर ? « Arthapath.com
२७ कार्तिक २०८०, सोमबार

कति छ कृषि विकास बैंकले घटाएपछिको नयाँ ब्याजदर ?



काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आगामी मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले व्यक्तिगत तर्फ निक्षेपमा ९.०१० देखि १०.५१२ प्रतिशतसम्म ब्याजदर तोकेको छ । संस्थागत तर्फ ८.०१२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कात्तिकको तुलनामा बैंकले यस्तो ब्याजदर घटाएको हो । कात्तिक महिनामा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२६ देखि १०.७६ प्रतिशतसम्म र सस्थागत तर्फ ८.२६ प्रतिशत रुपैयाँ ब्याजदर कायम भएको छ । यस्तै, बैंकले बचतमा ५.२५ देखि ८ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्