मुनाफामा अब्बल साना किसान, छिमेक र जीवन सुस्त, अन्य ४३ कम्पनीमा को कति बलियो (विवरणसहित) « Arthapath.com
१ मंसिर २०८०, शुक्रबार

मुनाफामा अब्बल साना किसान, छिमेक र जीवन सुस्त, अन्य ४३ कम्पनीमा को कति बलियो (विवरणसहित)



काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफामा उछाल आएको छ । कम्पनीको मुनाफा ३० करोड माथि उक्लिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको रिपोर्ट अनुसार नाफा २९.४८ प्रतिशतले बढेर ३० करोड १४ लाख ८ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्म सार्वजनिक गरेका ४६ कम्पनी मध्य कै बढी नाफा हो । कम्पनीको नाफा गत आर्थिक वर्षको सोहि अवधिमा २३ करोड २७ लाख ७९ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो त्रैमाससम्मको विवरण हेर्दा २५ कम्पनीको मुनाफा घटेको छ भने ८ कम्पनीको मुनाफा सुधार आएको छ । त्यस्तै, १३ कम्पनी भने ऋणात्मक छन् ।

मुनाफा बढी भएको दोस्रो नम्बरमा छिमेक लघुवित्त रहेको छ । कम्पनीको मुनाफा २२ करोड ११ लाख ६० हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३२.८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा३२ करोड ९१ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

हालसम्म पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने ४६ लघुवित्त मध्ये नाफाको तेस्रो नम्बरमा जीवन विकास लघुवित्त रहेको छ । कम्पनीको मुनाफा १२ करोड ५ लाख १४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिको भन्दा उक्त नाफा २१.३६ प्रतिशतले कम हो ।

समिक्षा अवधिमा डिप्रोक्स लघुवित्तको मुनाफा १०.९६ प्रतिशतले घटेर ८ करोड ८२ लाख ६५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ९ करोड ९१ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, असोज मसान्तसम्ममा सबै भन्दा कम नाफा गर्ने लघुवित्तमा नाडेप लघुवित्त रहेको छ । कम्पनीको मुनाफा ५ लाख १० हजार रुपैयाँ मात्र रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९५.८३ प्रतिशतले कम रहेको छ । नाफा सर्वाधिक घट्ने कम्पनीमा समेत नाडेप पहिलो हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ करोड २२ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

सर्वाधिक नाफा बढाउने कम्पनीमा सपोर्ट लघुवित्त रहेको छ । कम्पनीको मुनाफा २५९.१ प्रतिशतले बढेर १५ लाख ९८ हजार रुपैयाँ रहेकोछ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ४ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

१३ कम्पनीको नाफा ऋणात्मक, कुनको कति ?

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वितरण विवरण सार्वजनिक गरेका ४६ कम्पनी मध्ये १३ कम्पनीको मुनाफा ऋणात्मक रहेको छ ।

समिक्षा अवधिमा निर्धन उत्थान लघुवित्त १४ करोड ३० लाख १० हजार रुपैयाँ ऋणात्मक रहेको छ । साथै, मेरो माइक्रोफाइनान्स ६ करोड २५ लाख रुपैयाँ, उपकार लघुवित्त ३ करोड ३७ लाख रुपैयाँ, सामुदायिक लघुवित्त २ करोड ९४ लाख रुपैयाँ र आशा लघुवित्त २ करोड ६४ लाख १८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

त्यस्तै, धौलागिरी लघुवित्त २ करोड ९ लाख रुपैयाँ, स्वाबलम्बन लघुवित्त १ करोड ९८ लाख, जाल्पा सामुदायिक लघुवित्त १ करोड ६४ लाख रुपैयाँ, मनकामना १ करोड ४२ लाख रुपैयाँ, जनउत्थान १ करोड २६ लाख रुपैयाँ, मानुषि १ करोड १२ लाख रुपैयाँ, समता घरेलु ४७ लाख ९५ हजा रुपैयाँ र विन नेपाल १५ लाख ४८ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्