कुमारी बैंकबाट बाहिरिए अर्याल, सिइओमा खनाल नियुक्त « Arthapath.com
१ मंसिर २०८०, शुक्रबार

कुमारी बैंकबाट बाहिरिए अर्याल, सिइओमा खनाल नियुक्त



काठमाडौँ । रामचन्द्र खनाल कुमारी बैकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनेका छन् । उनी बैङ्कको सीइओमा नियुक्ति भएका हुन् । 

शुक्रवार बसेको बैङ्क सञ्चालक समिति बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी बैङ्कमा वरिष्ठ डेपुटी सिइओ रहेका थिए । बैङ्कका सिइओ रमेश अर्याल बैंकबाट बाहिरिएका छन् । उनले पदबाट राजीनामा दिएसँगै खनाल सिइओ बनेका हुन् । 

नव नियुक्त सिइओ खनाल चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । उनी साबिकको कुमारी र एनसीसी बैङ्क एक आपसमा गाभिँदा कुमारीको सिइओ रहेका थिए । खनालको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्