बीमा बैंक लगायत २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध
![](https://www.arthapath.com/wp-content/uploads/2021/09/Home-ministry-nepal-griha-mantralaya.jpg)
काठमाडौँ । सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ ।
सरकारले बीमा बैंक तथा विद्युत लगायतको सेवामा हड्ताल निषेध गरेको हो । सरकारले राजपत्रमा एक सूचना प्रकाशन गर्दै हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो ।
आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।
![](https://www.arthapath.com/wp-content/uploads/2023/12/image-64.png)
![](https://www.arthapath.com/wp-content/uploads/2023/12/image-65.png)
![](https://www.arthapath.com/wp-content/uploads/2023/12/image-66.png)