नेपाल बैंकको सीइओको लागि ५ जना छनोट, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ५ जना छनोट भएका छन् । छनोट समितिले सिइओका लागि दिएका १९ आवेदकमध्ये आइतबार ५ जनाको नाम सर्ट लिस्टिङ गरेको छ ।
सर्ट लिस्टिङ भएका उम्मेदवारहरु भने अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) छन् । बैंकका अनुसार छनोट भएका पाँच जनालाई व्यवसायिक कार्ययोजनासहित अन्तर्वार्तामा उपस्थित हुन भनिएको छ।
प्रस्तुतीकरण पावरप्वाइन्टमा हुनुपर्ने र एक उम्मेदवारलाई ३० मिनेटको समय उपलब्ध हुने बैंकले जनाएको छ।
सर्ट लिस्टिङ्गमा परेका पाँच जना उम्मेदवारलाई आगामी पुस ४ गते बुधवार अन्तर्वार्ताका लागि बोलाइएको बैंकले जनाएको छ।
बैंकले गत असोज २१ गते सिईओ नियुक्तिका लागि दरखास्त आव्हान गरेको थियो । बैंकले खुला प्रतिस्पर्धाबाट सिइओ छान्न लागेको हो । सिइओ बन्नका लागि १९ जनाले आवेदन दिएका थिए ।
नेपाल बैंकमा सीईओ बन्न अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशीले आवेदन दिएका थिए ।
यस्तै, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले आवेदन दिएका थिए ।
