बैंक कर्मचारी विदेश पलायन बढ्यो: अध्यक्षे केसी « Arthapath.com
७ पुष २०८०, शनिबार

बैंक कर्मचारी विदेश पलायन बढ्यो: अध्यक्षे केसी



काठमाडौं । बैंकिङग क्षेत्रमा कर्मचारी पलायन बढेको नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । नेपाल बैकर संघको ३७औं साधारण सभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

उनले बैंकिङ्ग क्षेत्रबाट कर्मचार पलायन बढ्दो क्रममा रहेको बताए । कर्मचारी पलायन समस्या भईरहेको उनको भनाई छ । बैंकको जागिर छोडेर कर्मचारी विदेशिन थालेको केसीले बताए । उनले भने, ‘अहिले बैंकिङ्ग क्षेत्रबाट कर्मचारी पलायन हुने क्रम बढ्दो छ । यसले बैंकिङ्ग क्षेत्र र मुलुकको लागि निकै चिन्ताको विषय हो ।’

हाल बैंकको जागिर छोडेका ७० प्रतिशत कर्मचारी विदेश गएको केसीले जानकारी गराए । केसीले भने,‘अहिले बैंक छाडेर जानेहरू बढेका छन् । बैंक छाडेका ७० प्रतिशत कर्मचारी विदेश गएको देखिन्छ । यसले बैंकिङ्ग क्षेत्रमा समस्या भएको छ ।’

हाल विश्वमै वित्तीय क्षेत्रमा समस्या आएको केसीको भनाई छ । हाल नेपाल राष्ट्र बैंकको राम्रो रेगुलेसनको कारण नेपालको बैंक वित्तीइ क्षेत्र सुधारउन्मुख रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्