प्राइम बैंकको नाफा ३२ प्रतिशत बढ्यो: प्रतिसेयर आम्दानी पनि वृद्धि, यस्तो छ वित्तीय प्रगति « Arthapath.com
१० असार २०८२, मंगलबार

प्राइम बैंकको नाफा ३२ प्रतिशत बढ्यो: प्रतिसेयर आम्दानी पनि वृद्धि, यस्तो छ वित्तीय प्रगति



काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा वृद्धि भएको छ । ६ महिनामा बैंकको नाफा ३२ प्रतिशत बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

अधिकांश बैंकहरुको नाफा लगायतका सूचकहरुमा गिरावट देखिएको छ । तर, प्राइमले भने लोभलाग्दो प्रगति हासिल गर्न सफल भएको छ ।

समिक्षा अवधिमा बैंकले २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३२.१३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ६५ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको संचालन नाफा र खुद ब्याज आम्दानीमा आएको बढोत्तरीले नै खुद नाफा वृद्धिमा टेवा पुगेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ९.५४ प्रतिशतले बढेर ३ अर्ब ८७ रकोड ४३ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको संचालन नाफा पनि ३२ प्रतिशत बढेर ३ अर्ब ११ करोड ८४ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा पनि ६ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषको आकार पनि १७ प्रतिशत बढाएर ९ अर्ब ८७ करोड ३० लाख रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १८.५० प्रतिशत बढेर २ खर्ब ६ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी पनि ११.५४ प्रतिशत बढाएर १ खर्ब ७० अर्ब ७३ करोड २ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.०७ प्रतिशत पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकसँग २.८१ प्रतिशत मात्रै खराब कर्जा थियो ।

बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ४७ पैसाबाट बढेर २२ रुपैयाँ ५ पैसा पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने १५१ रुपैयाँ २२ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्