नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको थली र कमलविनायक शाखा सञ्चालनमा « Arthapath.com
१३ फाल्गुन २०८०, आईतवार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको थली र कमलविनायक शाखा सञ्चालनमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कमलविनायक र थलीमा गरी २ ओटा शाखा संचालनमा ल्याएको छ ।

बैंकले गागेश्वरी मनहरा नगरपालिका ५ थली र भक्तपुर नगरपालिका १० कमलविनायक मा नयाँ शाखा संचालनमा ल्याएको हो ।

नयाँ दुई शाखाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सो क्षेत्रका जनतालाई उत्कृष्ठ बैंकिङ सेवा दिने बताए ।

बैंकको हाल देशभर २७० शाखा संचालनमा ल्याएका छ भने ६३ एक्टेन्सन काउन्टर संचालन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्