नाफामा मुक्तिनाथ र गरिमाको कडा टक्कर: शाइन रेसुङ्गाको पछिपछि महालक्ष्मी, ४ वटा अझै घाटामा « Arthapath.com
२८ चैत्र २०८०, बुधबार

विकास बैंकको नाफाः

नाफामा मुक्तिनाथ र गरिमाको कडा टक्कर: शाइन रेसुङ्गाको पछिपछि महालक्ष्मी, ४ वटा अझै घाटामा



काठमाडौं । आठ महिनामा विकास बैङ्कहरूले साढे ३ अर्ब खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा हाल सञ्चालनमा रहेका १७ वटा विकास बैङ्कले विकास बैङ्कले ३ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

विकास बैङ्कहरूको नाफामा पनि प्रतिस्पर्धा देखिएको छ । महिनापिच्छे बैङ्कहरूले कमाउने नाफाको सूचीमा फेरबदल आएको छ। गत माघसम्मको सूचीमा गरिमा विकास बैङ्क सर्वाधिक नाफा कमाउनेको पहिलो स्थानमा थियो । तर, फागुनसम्म आइपुग्दा भने मुक्तिनाथ विकास बैङ्कले उछिनेको छ । यी दुई बैङ्कबिच कडा टक्कर देखिएको छ। समीक्षा अवधिमा मुक्तिनाथ विकास बैङ्कले ६५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ। दोस्रो सूचीमा रहेको गरिमा विकासले पनि ६५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । 

तेस्रो सूचीमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ५२ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, महालक्ष्मी विकास बैङ्कले ४० करोड ७ लाख, कामना सेवाले पनि ३८ करोड १५ लाख, लुम्बिनी विकास बैङ्कले २७ करोड ९७ लाख, गरिमा विकास बैङ्कले २५ करोड ७७ लाख र साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले २१ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । 

यता, कर्णाली डेभलपमेन्ट बैङ्कले ४ करोड ५४ लाख, मितेरीले ४ करोड २ लाख, सिन्धु विकासले २ करोड, ग्रिन डेभलपमेन्टले १ करोड ९४ लाख, कर्पोरेटले १ करोड २५ लाख रुपैयाँ नाफा कमाएका छन् । 

एक्सेलसहित चार वटा  विकास बैङ्क घाटामा 

समीक्षा अवधिमा चार वटा विकास बैङ्क भने ऋणात्मक छन् । एक्सेल डेभलपमेन्ट बैङ्कसहित चार वटा विकास बैङ्क ऋणात्मक देखिएका हुन् । 

राष्ट्र बैङ्कका अनुसार सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैङ्क २४ करोड ३० लाख रुपैयाँ ऋणात्मक छ । यस्तै, सप्तकोसी डेभलपमेन्ट पनि १३ करोड ६२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।   यस्तै, नारायणी ७४ लाख र साल्पा विकास बैङ्क २५ लाख रुपैयाँ घाटामा छन् । 


प्रतिक्रिया दिनुहोस्