एनएमबि बैंकका ग्राहकहरुलाई स्काइ वाक टावरमा १० प्रतिशत छुट « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

एनएमबि बैंकका ग्राहकहरुलाई स्काइ वाक टावरमा १० प्रतिशत छुट



काठमाडौं । एनएमबि बैंकले स्काइ वाक टावरको सञ्चालक वन्डर्स नेपालसँग ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

ग्राहकहरूले एनएमबि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा ई–एनएमबि एप मार्फत स्काइ वाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था मिलाएको छ । यो व्यवस्था २ वर्षको लागि लागु हुनेछ ।

एनएमबि बैंक विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी, ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

बैंकले हाल देश भर २०१ शाखाहरु, १८६ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्