सिटिजन्स बैंकको संचालकमा ज्ञवाली, बैंकिङ्ग क्षेत्रमा साढे तीन दशकको अनुभव « Arthapath.com
१० असार २०८२, मंगलबार

सिटिजन्स बैंकको संचालकमा ज्ञवाली, बैंकिङ्ग क्षेत्रमा साढे तीन दशकको अनुभव



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको हो ।

नव नियुक्त संचालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको छ । उनी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित छन् ।

ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि गरेका छन् । वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिंग पेशा शुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ ।

उनले फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । यसअघि पनि यस बैंकको संचालकमा रहेको उनीसँग अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्