राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा थापाको बढुवा « Arthapath.com
२६ असार २०८२, बिहीबार

राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा थापाको बढुवा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा बढुवा भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठले थापालाई उप कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनी यसअघि बैंकमा मुख्य प्रबन्धक रहेको थिए । तर, बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको बैंकले जनाएको छ।

उनले २०५४ सालमा शाखा अधिकृत(तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक(हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गरेका थिए । थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्