एभरेष्ट बैंकले घोषणा गर्यो बम्पर लाभांश, बोनस र नगद कति ? « Arthapath.com
२१ भाद्र २०८१, शुक्रबार

एभरेष्ट बैंकले घोषणा गर्यो बम्पर लाभांश, बोनस र नगद कति ?



काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई आकर्षक लाभांश घोषण गरेको छ ।

बैंकले यो वर्ष १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) गरि १५.५३ प्रतिशत लाभांश दिने भएको हो । एभरेष्ट नै यो वर्षको पहिलो लाभांश घोषण गर्ने बैंक बनेको छ।

बैंकको शुक्रबार दिउँसो बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि वितरण हुनेछ । दशैअघि नै सेयरधनीलाई लाभांश वितरण गर्ने बैंकको तयारी छ ।


प्रतिक्रिया दिनुहोस्