भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई १५ प्रतिशतसम्म छुट « Arthapath.com
२७ भाद्र २०८१, बिहीबार

भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई १५ प्रतिशतसम्म छुट



काठमाडौं । मध्यबानेश्वर स्थित भेनस हस्पिटल प्रा.लि.मा प्रभु बैंकका ग्राहक तथा कर्मचारी विशेष छुट पाउने भएका छन् । विशेष छुट सेवाका लागि प्रभु बैंक र उक्त भेनस अस्पतालबीच सम्झौता भएको छ ।

समझदारी ज्ञापनपत्रमा भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनी ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनसमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्तर्गतका सेवाहरुमा ७ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तानी गर्न गर्नुपर्नेछ । भेनस हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग, रेडियोलोजी, प्याथोलोजी लगायतका सेवा समेत प्रदान गर्दे आईरहेको छ ।

भेनसले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ ।

स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि भेनस हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्