दशैँलाई डिजिटल युगको प्रस्थान बिन्दु बनाउँदै ‘सिटिजन्स डिजिटल मन्थ’
काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसँगै आम मानिसको दैनिकी सहज बन्दै गइरहेको छ । घन्टौं लाग्ने काम फत्ते गर्न अब एक छिनमै सम्भव हुने प्रणालीको विकास भएको छ । यसले मानिसको हरेक काम सहज बनाएको मात्र छैन, सिंगो विश्वलाई एकै ठाउँमा जोड्ने काम पनि गरेको छ ।
प्रविधिको तीव्र विकाससँगै नेपालका बैंक तथा वित्तीय संस्थाहरूले पनि ‘डिजिटलाइजेसन’ लाई बढावा दिन थालेका छन् । बैंकहरू नयाँ प्रविधि भित्र्याउन तछाडमछाड गरिरहेका हुन्छन् । पहिले पहिले बैंकिङ सेवा लिन घन्टाँै लाइन बस्नुपर्ने बाध्यता थियो । अहिले घर, कार्यालय र जुनसुकै स्थानमा बसेर अनलाइनमार्फत नै खाता खोल्न सकिने भएको छ । सम्पूर्ण कारोबार अनलाइनबाटै गर्न सकिन्छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो डिजिटल सेवालाई थप परिस्कृत गर्दै लगेको छ । बैंकले असोज महिनालाई ‘डिजिटल मन्थ’ को रूपमा मनाइरहेको छ । बैंकले आकर्षक अफरसहित असोज महिनालाई डिजिटल मन्थको रूपमा मनाउन लागेको हो ।
बैंकले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधा ल्याएको छ । यसले ग्राहकहरुलाई डिजिटल कारोबारमा अभ्यस्त हुन मद्दत गर्ने बैंकको दाबी छ ।
स्मार्ट हबमा राखिएका चेक जम्मा गर्ने मेसिनमा ग्राहकहरुले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छ । क्यास डिपोजिट मेसिनमा १ हजार र ५०० रुपैयाँ दरका नोटहरू जम्मा गर्न (निक्षेप राख्न) मिल्ने सुविधा पनि उपलव्ध छ ।
‘सिटिजन्स डिजिटल महिना’ उत्सवमा फोनपेसँगको सहकार्यमा कम्पनीले विभिन्न आकर्षक अफरहरु ल्याएको छ ।
दशैँ क्याम्पेन –१ ः दशैँको लहर, सिटिजन्ससँग घर जाने रहर ः
यो योजना हवाई मार्गबाट दशैँ उत्सवका लागि आफ्नो जन्मस्थलमा फर्कने ग्राहकहरूका लागि लक्षित छ । यस अन्तर्गत हवाई टिकट खरिद गर्ने ग्राहकहरूले प्रतिटिकट ४०० रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् । यो योजनाको अवधि असोज ६ गतेदेखि १७ गतेसम्म रहेको बैंकले जनाएको छ ।
यसरी हवाई टिकट खरिद गर्दा ‘प्रोमो कोड’ प्रयोग गरेर छुट पाउन सकिने छ । बैंकले सोही समयमा प्रोमो कोड उपलब्ध गराउने छ ।
दशैँ क्याम्पेन –२ ः सिटिजन्स डिजिटल दक्षिणा
यो योजना सिटिजन्स बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूलाई प्रदान गरिनेछ । यो योजनाअन्तर्गत प्रतिकारोबारमा १०० रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ । यो योजना विजया दशमीदेखि चतुर्दशी (असोज २६ गतेदेखि ३० गते) सम्म लागु हुनेछ ।
यस योजनाका निम्ति प्रत्येक कारोबारमा न्यूनतम ५०० रुपैयाँ खर्च गर्नुपर्नेछ । साथै कारोबारको कैफियत (रिमार्क)मा अनिवार्य रूपमा ‘सिटिजन्स दक्षिणा’ लेख्नुपर्ने छ । नगद फिर्ता रकम अभियान समाप्त भएको ७ कार्य दिनपछि जम्मा गरिने बैंकले जनाएको छ ।
मोबाइल बैंकिङ क्याम्पेन ३ – दशैँमा डिजिटल कारोबार, सिटिजन्स बैंकबाट ‘क्याक ब्याक’को बहार ः
यो योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ ग्राहकहरूलाई महिनाभरि नगद फिर्ता प्रदान गर्ने भएको छ । जसमा प्रतिव्यक्तिः पहिलो कारोबारमा १० प्रतिशत वा १०० रुपैयाँसम्म नगद फिर्ता पाउन सकिनेछ । यो योजना असोज ३० गतेसम्म रहनेछ ।
यसका निम्ति कम्तिमा ग्राहकले कम्तिमा ३ वटा कारोबार गर्नुपर्ने भएको छ । यसमध्ये कम्तिमा एक पटक फण्ड ट्रान्सफर हुनुपर्ने, एक मर्चेन्टबाट क्यूआर कारोबार र एउटा युटिलिटी पेमेन्ट गर्नुपर्ने हुन्छ । तर ‘टप अफ’ भने यो योजनामा समावेश छैन ।
प्रत्येक कारोबारमा न्यूनतम ५०० रुपैयाँको हुनुपर्ने र फण्ड ट्रान्सफर गर्दा ‘सिटिजन्स डिजिटल कारोबार’ उल्लेख गर्नुपर्ने हुन्छ । अभियान अवधि समाप्त भएको ७ कार्यदिन पछि नगद फिर्ता रकम जम्मा गरिनेछ ।
कार्ड क्याम्पेन – दशैँमा चलाउ सिटिजन्स कार्ड, पाउ क्यास ब्याकको उपहारः
यो योजनामा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरूले प्रतिकारोबर २०० रुपैयाँसम्म नगद फिर्ता पाउन सक्ने छन् । जसमा योजना अवधिभर एक लाख रुपैयाँको कारोबार हुनुपर्ने छ । यो योजना असोज १ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ । नगद फिर्ता रकम अभियान अवधि समाप्त भएको ७ कार्य दिन पछि जम्मा गरिने बैंकले जनाएको छ ।
यस योजनाका लागि न्यूनतम २ पटक कारोबार हुनुपर्ने छ । पिओएस र ई–कमर्स कारोबारमा प्रत्येक एक हजार रुपैयाँको कारोबार गर्नुपर्ने हुन्छ । तर वालेटमा गरिएको कारोबार यस योजनाका निम्ति योग्य हुने छैन ।
क्यूआर टेलर क्याम्पेन – क्यूआर टेलरबाट कारोबार, पाउ उपहार नै उपहार ः
यो योजना अन्तर्गत सबै शाखाबाट दिनभर क्युआर कारोबार गर्ने एक जना भाग्यशाली ग्राहकलाई ‘सरप्राइज’ उपहार प्रदान गरिनेछ । उपत्यका भित्रका सबै शाखाहरुले असोज ६ देखि ११ गतेसम्म कारोबार गर्ने ग्राहकलाई उपहार उपलब्ध गराउनेछन् । उपत्यका बाहिरका सबै शाखाले १८ गतेसम्म कारोबार गर्ने ग्राहकलाई उपहार उपलब्ध गराउनेछन् ।
मोबाइल बैंकिङ एक्टिभेसन क्याम्पेन– पहिलो डिजिटल कारोबार सिटिजन्ससँग, ग्राहक सबै दङ्ग ः
यो अभियान भने अहिलेसम्म डिजिटल कारोबार सुरु नगरेका ग्राहकहरूको लागि हो । यस योजनामा प्रतिव्यक्ति पहिलो कारोबारको १० प्रतिशत वा १०० रुपैयाँसम्म क्यास ब्याक पाइने छ । फोनपेले भाग् चिठ्ठा (लक्की ड्र) मार्फत ३ वटा मोबाइल फोन (भ्याट बाहेक रु. २० हजार मूल्य बराबरका) उपलब्ध गराउनेछ ।
यसका निम्ति फण्ड ट्रान्सफरमा न्यूनतम ५०० र युटिलिटी पेमेन्टमा २०० रुपैयाँको कारोबार हुनुपर्ने छ ।
डिजिटल रेमिटेन्स प्राप्ति क्याम्पेन – पाऊँ विदेशबाटै पैसा घर बसी बसी, सिटिजन्सले अझै पैसा थप्दा झन खुसी ः
यस अभियानमा बैंकको मोबाइल बैंकिङ प्रयोग गरी रेमिट्यान्स प्राप्त गर्ने ग्राहकहरूले पुरस्कारहरू प्राप्त गर्नेछन् । यस अभियानमा बैंकका ग्राहकले न्यूनतम रकम ५ हजार रुपैयाँको कारोबार गर्नुपर्नेछ । यो योजनामा ग्राहकले एक सय रुपैयाँ नगद फिर्ता पाउनेछन् ।
स्मार्ट बचत खाता नगद फिर्ता र उपहार अभियान ः
सिटिजन्स स्मार्ट बचत खाता पूर्ण रूपमा डिजिटल उत्पादन हो । सिटिजन्स डिजिटल महिनाको अवसरमा स्मार्ट बचत खाता धारकहरूलाई विभिन्न अफर प्रदान गरिने बैंकले जनाएको छ । जसमा मोबाइल टप अपमा ग्राहकले १०० रुपैयाँ वा १० प्रतिशतसम्म पाउनेछन् । यो अभियान असोज महिनाभर सञ्चालन हुनेछ ।
त्यसैगरी, १४ भाग्यशाली ग्राहक (प्रत्येक प्रदेशबाट दुई जना) ले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। यसका लागि ग्राहकले एक महिनाको अवधिमा ५० हजार रुपैयाँको कारोबार गर्नुपर्नेछ ।
पुरस्कार रकमको लागि ग्राहकले असोज महिनामा स्मार्ट बचत खाता खोलेको हुनुपर्नेछ । मोबाइल बैंकिङमार्फत कम्तिमा एउटा मोबाइल टपअप गर्नुपर्नेछ।
गिफ्ट ह्याम्परका लागि असोज १ देखि ३० गतेसम्म स्मार्ट बचत खाता खोल्ने र कम्तिमा एउटा कारोबार गर्ने ग्राहकले गिफ्ट ह्याम्परको लागि योग्य हुनेछन् ।
मोबाइल टप अप अफरः
सिटिजन्स डिजिटल महिनाको अवसरमा मोबाइल टपअप गर्ने ग्राहकहरूलाई विभिन्न उपहार प्राप्त गर्नेछन् । यसका लागि बैंकले भाग्य चिठ्ठाको उपयोग गर्ने छ ।
ग्राहकले १०० रुपैयाँ वा बढी रुपैयाँको मोबाइल टपअपमा ‘लक्की ड्र’मा सहभागी बन्न पाउनेछन् । जसमा ५० जना विजेताले १०० रुपैयाँको टपअप र अन्य ५० जनाले १५० रुपैयाँको डेटा प्याक प्राप्त गर्नेछन् ।
थप उपहारमा क्याम्पेन अवधिभर ग्राहकले रू. १०० वा सोभन्दा बढीको टपअप गर्दा ४ जनाले मेगा उपहार प्राप्त गर्नेछन् ।
पुरस्कारमा एयर फ्रायर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर र ब्लेन्डर समावेश छन् । यस विशेष ग्राहकहरूलाई सक्रिय रूपमा मोबाइल बैंकिङ प्रयोग गर्न उत्प्रेरित गर्ने बैंकको विश्वास छ । उपहारका सबै रकममा थप २५ प्रतिशत कर कटाइनेछ ।
भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्दा नगद फिर्ताः
नेपालको आफ्नै पहिलो भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५० प्रतिशत नगद फिर्ता गरिने बैंकले जनाएको छ ।
तत्काल ५० प्रतिशत नगद फिर्ता योजना सेप्टेम्बर १२ देखि लागू भएको छ । सीमित अवधिको लागि वा तोकिएको यो योजनामा प्रतिग्राहकले अधिकतम १००० रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् ।
प्रयोगकर्ताहरूले ब्यालेन्स आधारमा नगद फिर्ता पाउनेछन् । उदाहरणका लागि, तपाईंले कार्ड प्रयोग गरी १००० रुपैयाँ खर्च गर्नुभयो भने तत्काल ५० प्रतिशत अर्थात् ५०० रुपैयाँ फिर्ता पाउनुहुनेछ ।
सिटिजन्स फोन पे क्रेडिट कार्ड प्रयोग गरी गरिएका सबै कारोबारहरूमा नगद फिर्ता लागू हुने छ ।
यस्ता डिजिटल प्रोत्साहित कारोवार अभियानबाट समग्र बैंकिङ्ग क्षेत्रमा नै डिजिटल बैंकिङको विकास हुने विश्वास बैंकको छ । यस मानेमा यो दशैँ नेपालमा नविनतम डिजिटल युगमा प्रवेश गर्ने एक प्रस्थान बिन्दु बन्न सकोस् भनेर बैंकले काम गरिरहेको जनाएको छ ।