मौद्रिक नीतिमा राष्ट्र बैंकले दिएको सुविधाबाट कुन-कुन बैंकलाई भयो धेरै फाइदा ? « Arthapath.com
८ कार्तिक २०८१, बिहीबार

मौद्रिक नीतिमा राष्ट्र बैंकले दिएको सुविधाबाट कुन-कुन बैंकलाई भयो धेरै फाइदा ?



काठमाडौँ । नेपाल राष्ट्र बैंकले निष्कृय कर्जालाई सक्रीय कर्जामा रुपान्तरण गर्न सजिलो पारिदिने र सक्रीय कर्जाको प्रोभिजन घटाइदिने गर्दा बैंकहरुको इम्पेयरमेन्ट (हानी बापतको) शुल्क ब्यापाक मात्रामा घटेको छ । यसले बैंकहरुको वितरणयोग्य नाफामा उल्लेख्य बृद्धि भएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार कुमारी र कृषि विकास बैंकले राष्ट्र बैंकको सुविधाबाट उल्लेख्य राहत पाएका छन् । उनीहरुको इम्पेयरमेन्ट चार्ज ज्यादै ठूलो आकारमा खुम्चिएको छ ।

गत साल २ अर्ब १८ करोडभन्दा धेरै पैसा संभावित हानीका निम्ति छुट्याएको कुमारी बैंकले यो असार मसान्तसम्म आउँदा जम्मा ६३ करोडमात्रै छुट्याएको छ । त्यस्तै २ अर्ब १६ करोडबाट कृषि विकास बैंकको यस्तो शुल्क पनि ९० करोडमा झरेको छ ।

हिमालयन बैंकले भने राम्रै आकारमा पुरानो नउठेको ऋण असूली गरेको छ । यसले बैंकको राइटब्याक हुँदा ठूलो मात्रामा यस्तो शुल्क कम भएको छ । लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नबिल, नेपाल बैंक, नेपाल एसबीआई, एनएमबी, सिटिजन्स, सिद्धार्थ लगायत बैंकले पनि उल्लेख्य रुपमा प्रोभिजन घटाएका छन् ।

यसको लाभ बैंकहरुको लाभांश क्षमतामा परेको छ । तर पुनः राष्ट्र बैंकले कठोर नीति लियो भने वा अवस्था झनै विग्रियो भने चाहीँ अहिले देखिएजस्तो उच्च क्षमताको लाभांश उपलब्ध हुने छैन ।


प्रतिक्रिया दिनुहोस्