सेयर धितो कर्जा प्रवाहमा ग्लोबल आईएमई र नबिलबीच कडा टक्कर, कुन बैंकले कति गरे लगानी ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) मा वाणिज्य बैंकहरूबाट ८५ अर्ब ९१ करोड १४ लाख रूपैयाँ मार्जिन प्रकृति अर्थात सेयर धितो कर्जामा लगानी भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सेयर धितो कर्जा ३५.०८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरूबाट ६३ अर्ब ६० करोड रुपैयाँ सेयर धितो कर्जामा लगानी भएको थियो ।
सेयर धितो प्रवाहमा ग्लोबल आईएमई बैंक र नबिल बैंकबीच कडा टक्कर देखिएको छ । चालु आर्थिक वर्षको कात्तिकसम्म ग्लोबल आईएमई बैंकमार्फत सेयर धितो कर्जा लगानी भएको छ । ग्लोबलले ११ अर्ब १५ करोड ७७ लाख रुपैयाँ सेयर धितो कर्जामा लगानी गरेको हो । त्यसैगरी सर्वाधिक लगानी गर्नेको दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । नबिलले सेयर धितो राखेर ११ अर्ब १४ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
त्यस्तै, एनआईसी कुमारीले ८ अर्ब ३१ करोड १५ लाख, सिद्धार्थले ७ अर्ब ९१ करोड २० लाख र नेपाल बैंक ७ अर्ब ६८ करोड ९३ लाख रूपैयाँ कर्जा लगानी गरेका छन् ।
त्यसैगरी, सिटिजन्सले ५ अर्ब ५७ करोड ५२ लाख, प्राइमले ५ अर्ब ५२ करोड ३५ लाख, लक्ष्मी सनराइजले ४ अर्ब १४ करोड २६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ९८ करोड १८ लाख, प्रभुले ३ अर्ब ५८ करोड ६८ लाख, इन्भेष्टमेन्ट मेगाले ३ अर्ब ३ करोड ९७ लाख, एनआईसी एशियाले २ अर्ब ८० करोड १३ लाख र एभरेष्ट बैंकले २ अर्ब ३३ करोड रुपैयाँ सेयर धितो कर्जामा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
त्यस्तै, सानिमा बैंकले १ अर्ब ९५ करोड ७६ लाख, हिमालयन बैंकले एक अर्ब ८७ करोड ८ लाख, कृषि विकास बैंकले १ अर्ब ७६ करोड, एनएमबी बैंकले १ अर्ब ६८ करोड ५६ लाख र माछापुच्छ्रे बैंकले ९६ करोड ३० लाख रूपैयाँ मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
सेयर धितो कर्जा सबैभन्दा कम नेपाल एसबीआई बैंकबाट ४७ करोड ४५ लाख रुपैयाँ प्रवाह भएको छ ।
कुनै बैंक कति ?
