बढ्यो बैंकहरुको गैरबैंकिङ सम्पत्ति : ग्लोबल आईएमईको सबैभन्दा बढी, अन्यको अवस्था कस्तो छ ? « Arthapath.com
२८ मंसिर २०८१, शुक्रबार

बढ्यो बैंकहरुको गैरबैंकिङ सम्पत्ति : ग्लोबल आईएमईको सबैभन्दा बढी, अन्यको अवस्था कस्तो छ ?



काठमाडौं । वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको । बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्छन्। जसलाई गैर बैंकिङ्ग सम्पत्ति भन्ने गरिन्छ ।

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वाणिज्य बैंकहरूको गैर बैंकिङ सम्पत्ति ३२ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकसँग ३० अर्ब १७ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो । कात्तिक मसान्तसम्म बैंकहरुको गैरबैंकिङ सम्पत्ति गत असार मसान्तको तुलनामा २ अर्ब १६ करोड रुपैयाँले बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार कात्तिक मसान्तमा ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै ५ अर्ब १३ करोड १३ लाख रुपैयाँ छ । दोस्रो नम्बरमा एनआईसी एशिया बैंकको ४ अर्ब २२ करोड ६० लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति छ ।

हिमालयन बैंकको ३ अर्ब ६३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ३ करोड, कुमारी बैंकको २ अर्ब ६६ करोड, नबिल बैंकको २ अर्ब ६४ करोड गैरबैंकिङ सम्पत्ति देखिएको छ ।

त्यस्तै, प्राइम कमर्शियल बैंकको १ अर्ब ६९ करोड, लक्ष्मी बैंकको १ अर्ब ५९ करोड, प्रभु बैंकको १ अर्ब ५ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब ३करोड एनएमबि बैंकको १ अर्ब २ करोड, कृषि विकास बैंकको ९८ करोड ३३ लाख, सिटिजन बैंकको ८० करोड ९९ लाख, र सानिमा बैंकको ७० करोड ८५ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार सिद्धार्थ बैंकको ७० करोड ३८ लाख, एभरेस्ट बैंकको ५१ करोड १२ लाख, नेपाल एसबीआई बैंकको ३५ करोड २९ लाख, राष्ट्रिय वाणिज्य बैंकको २९ करोड ७६ लाख र नेपाल बैंकको २० करोड ४१ लाख गैरबैंकिङ सम्पत्ति रहेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको गैर बैंकिङ्ग सम्पत्ति नरहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्