गभर्नर अधिकारी भन्छन्,‘प्रोभिजनले बैंकलाई बचाउँछ, बैंकको आफ्नै कारण लाभांश क्षमता घट्यो’ « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

गभर्नर अधिकारी भन्छन्,‘प्रोभिजनले बैंकलाई बचाउँछ, बैंकको आफ्नै कारण लाभांश क्षमता घट्यो’



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको आफ्नै कारणले लाभांश क्षमता घटेको बताएका छन् । बैंकहरुले विगतमा कर्जा बढाउँदा ध्यान नदिँदा लाभांश क्षमता घटेको उनको भनाई छ ।

नेपाल बैंकर्स संघको वार्षिक साधारण सभालाई सम्वोधन गर्दै गर्भनर अधिकारीले यस्तो बताएका हुन् । प्रोभिजनकै कारण बैंकहरु लाभांश क्षमतामा ह्रास नआएको उनले स्पष्ट पारे ।

‘धेरैले राष्ट्र बैंकका कारण बैंकहरुको लाभांश क्षमता घट्यो भनिएको छ, त्यसो होइन । बैंकहरु आफ्नौ कारणले लाभांश दिन सकिरहेका छैनन्’, उनले भने,‘ विगतमा कर्जा बढाउँदा ध्यान दिएको भए आज लाभांश बाँडन नसक्ने अवस्था आउने थिएन । प्रोभिजनका कारण लाभांश क्षमता घटेको होइन, बैंक आफ्नै कारण हो ।’

प्राभिजनले नै बैंकलाई बचाउने गभर्नर अधिकारीले बताए । कर्जाको साँवा ब्याज नउठेको कठिन परिस्थितिमा प्रोभिजनले बलियो बनाएको उनको भनाई छ ।

उनले भने,‘ प्रोभिजनले बैंकलाई बचाउँछ । यसकै कारण बैंकको लाभांश क्षमता घटेको होइन्, हामी गर्दा लाभांश घट्ने भए कसैले २६ प्रतिशत लाभांश बाँड्न सक्दैन्थे । जो इफिसियन्ट छ, उसले नै लाभांश बाँडे ।’ सोही अवसरमा नेपालको बैंकिङ्ग क्षेत्रलाई बाह्य क्षेत्रको दबाब आएको अधिकारीको भनाई छ । बैंक भन्दा बाहिरको समस्याले थप चुनौति बढेको उनको भनाई छ ।

विभिन्न असहज परिस्थितिका बाबजुद पनि नेपाली बैंकिङ्ग क्षेत्र खरो बनेर उभिएको अधिकारीले बताए । कोभिड १९, विनास्कारी भुकम्प लगायतका समस्यामा पनि बैंकिङ्ग प्रणालीलाई सुरक्षित राख्न सकिएको गभर्नर अधिकारीको भनाई छ ।

उनले भने,‘ केन्द्रिय बैंकको नीति वित्तीय स्थायित्व र आर्थिक विकासमा सघाउने खालको छ । कोभिड १९ लगायतका विश्व व्यापी समस्यामा पनि हामी बैंकिङग् क्षेत्रलाई सुरक्षित राख्न सकेका छौं । यसमा बैंकर साथीहरुले सघाउनु भएको छ ।’

आवश्यकता आधारमा नीति फेरबदल भैरहने उनको भनाई छ । बैंकहरुको नाफामा प्रश्न उठ्दा असहज भएको अधिकारीको भनाई छ । यद्यपि, पुँजी लगान गरेपछि प्रतिफल भने चाहिने बताए । बिना नाफा बैंक चल्न नसेको उनको तर्कछ ।


प्रतिक्रिया दिनुहोस्