प्रभु बैंकका ग्राहकले विभान्ता डेन्टल र हिमाल डेन्टलमा विशेष छुट पाउने « Arthapath.com
११ पुष २०८१, बिहीबार

प्रभु बैंकका ग्राहकले विभान्ता डेन्टल र हिमाल डेन्टलमा विशेष छुट पाउने



काठमाडौं । प्रभु बैंकले विभान्ता डेन्टल र हिमाल डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ । बैंकले काठमाडौं महानगरपालिका, वडा नं २८, कमलादीस्थित विभान्ता डेन्टल र काठमाडौं महानगरपालिका, वडा नं ०४, धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटलसँग आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २० प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पीटल.र हिमाल डेन्टल हस्पीटलमा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौता¬–पत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पीटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।


प्रतिक्रिया दिनुहोस्