बझाङको साइपालमा पुग्यो बैंकिङ शाखा

काठमाडौं । बझाङको साइपाल गाउँपालिकामा बैंकिङ शाखा पुगेको छ । यो सँगै मुलुकको ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा विस्तार भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शाखा कार्यालय उद्घाटन गरेका हुन् । उनी बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटन गर्न पुगेका हुन् ।
सोमबार एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटनका लागि गभर्नर अधिकारीसँगै एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ पनि साइपाल पुगेका थिए ।