नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्राबीच सम्झौता « Arthapath.com
२३ फाल्गुन २०८१, शुक्रबार

नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्राबीच सम्झौता



काठमाडौं । नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्रा, वीरगन्ज, पर्साबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ लगायत अन्य सुबिधामा १५ ५ र आवास सुविधामा १० ५ सम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका मधेश प्रदेश प्रमुख, श्री उदय पन्जीयार थारु र स्काईलाईन इन्फ्रा लि. का निर्देशक अंकुर भंगर अग्रवालले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंकका वीरगन्ज शाखाका प्रबन्धक, राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट क्र्याालय सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस्