नबिल बैंकका सीईओ ढुङ्गानाले दिए राजीनामा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नबिल बैंकका सीईओ ढुङ्गानाले दिए राजीनामा



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले पदबाट राजीनामा दिएका छन् । ढुंगानाले आइतबार राजीनामा बुझाएको बैंक स्रोतले जनाएको छ । यद्यपि उनको राजीनामा भने सञ्चालक समितिबाट स्वीकृत भएको छैन ।

ढुंगाना केही समय अघिदेखि नै नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने तयारीमा थिए । गभर्नर पदमा प्रतिस्पर्धा गर्न उनले पदबाट राजीनामा दिएको बुझिएको छ । ढुंगाना कांग्रेस निकट मानिन्छन् । गभर्नर कांग्रेसको भागमा पर्ने निश्चित भएमा ढुंगाना गभर्नर निश्चित छ ।

अहिले नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न व्यक्तिबीच लबिङ र प्रतिस्पर्धा चलिरहेको छ ।

यता सरकारले गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्