विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज शनिबार मन्जुश्री पार्क, चोभार, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
‘बिट प्लाष्टिक पोलुुसन’ भन्ने अभियानलाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले सो कार्यक्रम आयोजना गरेको हो ।
बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत बृक्षारोपण कार्यक्रम कीर्तिपुरको मन्जुश्री पाक, चोभार वडा नम्बर १४ मा करिव १२८५ विभिन्न प्रजातिका विरुवाहरु रोपेको जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जल विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन तथा बैंकका उच्च व्यवस्थापन लगायतका कर्मचारीहरू को उपस्थिति रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले कार्यक्रममा सम्बोधन गर्दै “हरियाली बढाउने र वातावरण संरक्षण गर्ने प्रतिबद्धता यही कार्य बाट देखाउँछौ र हरेक वर्ष स्मार्ट बचत खाता “१ खाता, १ रुख” अभियान अन्तर्गत रूखहरू रोप्ने प्रण गर्दछौ । “संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वास्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा समेत सहयोग गरिसकेको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ूबैंक अफ द ईयर २०२४ू को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” ९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।