शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाको चौधौँ वार्षिक साधारणसभा « Arthapath.com
७ पुष २०७८, बुधबार

शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाको चौधौँ वार्षिक साधारणसभा



काठमाडौं । शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा २०७८ पुस १७ गते शनिबार हुने भएको छ । भैरवी मावि तोपखाना बगैँचा हल नुवाकोट बिहान ११ बजे साधारण सभा हुने भएको छ ।

साधारणसभामा अध्यक्षबाट वार्षिक प्रतिवेदन पेस तथा अनुमोदन गर्ने, कोषाध्यक्षज्यूबाट वार्षिक आर्थिक, प्रतिवेदन, आ.व. ०७८/७९ को अनुमानित बजेट तथा कार्यक्रम, आ.व. ०७७/७८ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन गर्ने भएका छन् । त्यस्तै,लेखा समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, लेखापरीक्षक नियुक्ति अनुमोदन तथा पारिश्रमिक तोक्ने, विधान संशोधन सम्बन्धमा ,साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि तोक्ने लगायतका बिषय बिषय उठान हुने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्