सहकारी संस्थाको ब्याजदर तत्काल नबढ्ने « Arthapath.com
२० पुष २०७८, मंगलवार

सहकारी संस्थाको ब्याजदर तत्काल नबढ्ने



काठमाडौं । पछिल्लो समय तरलता अभाव टर्दै गएपछि सहकारी संस्थाहरूले ऋणको ब्याज नबढाउने भएका छन् । सहकारी संस्थाहरुबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोकन नहुने भएको हो । बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अवस्था सहज बन्न थालेपछि तत्काल नबढ्ने सहकारी विभागले जनाएको छ ।

बुधबारका लागि बोलाइएको सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिको बैठक पनि स्थगित गरेर व्याजदर नबढ्ने सहकारी विभागले बताएको छ । एक हप्तासम्म बजार हेरेर त्यसपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने विभागको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्