सहकारी क्षेत्रकै ठुला ठगी प्रकरणहरु: अग्रस्थानमा शिव शिखर, एउटै व्यक्तिले १५ अर्ब बढी रकम हिनामिना « Arthapath.com
१६ असार २०८०, शनिबार

सहकारी क्षेत्रकै ठुला ठगी प्रकरणहरु: अग्रस्थानमा शिव शिखर, एउटै व्यक्तिले १५ अर्ब बढी रकम हिनामिना



काठमाडौं । नेपालमा बचतकर्ताको सबैभन्दा धेरै रकम ठगीमा गर्नेमा शिव शिखर बहुउद्देश्यीय सहकारी अग्र स्थानमा देखिएको छ । उक्त सहकारीले सर्व साधारण वचतकर्ताको झण्डै ११ अर्ब रुपैयाँ बचत हिना मिना गरेको छ, जुन अन्य सहकारीले गरेको ठगी भन्दा ठुलो हो ।

३५ जिल्लामा शाखा रहेको यस सहकारीको बचतकर्ता १ लाख ६८ हजार ७२५ रहेका छन् । सहकारीले उनीहरुको साँवा नै १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार रुपैयाँ बढी रकम हिनामिना गरेको केन्द्रीय अनुसन्धान व्यूरोको प्रारिम्भक अनुसन्धानले देखाएको हो ।

यदि, त्यो पुष्टी भएमा यो हालसम्मै ठुलो सहकारी ठगी हुनेछ । वचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि फरार भएका सहकारीका मुख्य सञ्चालक केदारनाथ शर्मा गत सोमबार नेपालगंजबाट पक्राउ परेका छन् । उनले नै सहकारी मार्फत वचतकर्ताको सो बराबरको रकम हिनामिना गरेको देखिएको हो, जुन हालसम्मकै ठुलो सहकारी ठगी हो ।

यसअघि ओरियन्टल सहकारी संस्थाले बचतकर्ताको ४ अर्ब रुपैयाँ हिनामिना गरेको थियो । त्यसका सञ्चालक सुधीर वस्नेतले सो बराबरको रकम हिनामिना गरेको थिए । त्यसपछि झण्डै २ बर्षअघि सिभिल सहकारीका सञ्चालक इच्छाराज तामानले पनि बचतकर्ताको झण्डै ६ अर्ब रुपैयाँ हिनामिना गरेका थिए । हालसम्म चर्चामा आएको ठुलो सहकारी गठी यी दुई थिए । तर, अहिले शिव शिखरले त्यो भन्दा पनि ठुलो रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यस्तै, उनै शर्मा नै यसअघि आफु अध्यक्ष भएको बिरानटर स्थित तुलसी बहुमुखी सहकारी संस्था २१ हजार १५४ जना निक्षेपकर्ताको १ अर्ब ४५ करोड ७५ ला ४५ हजार रपैयाँ रकम पनि हिनामिना गरेको देखिएको । उनले उक्त रकम (१२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ) रकम प्रचलित सहकारी ऐन र नियमावली विपरित सहकारी संस्थाबाट आफु र आफ्ना नजिकका व्यक्तिहरुको नाममा संचालित ४३ वटा विभिन्न कम्पनीहरुमा ऋण लगानी गरेको अनुसन्धानले देखाएको छ । शर्माले उक्त रकमको साँवा व्याज समेत सहकारी संस्थाम फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकम बाट आफु र आफ्ना नजिकका व्यक्तिहरुको नाममा जग्गा जमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको वचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानी पुर्याएको सीर्आइवीको प्रवक्ता नवराज अधिकारीले बताए ।

वचतकताएको रकम फिर्ता गर्न नसकेपछि उनी केही समयदेखि फरार थिए । उनका सहकारीका कार्यालयहरु पनि बन्द छन् । त्यसपछि पिडित वचतकर्ताहरुले सीआईवीमा उजुरी गरेका थिए । त्यसपछि फरार रहेको शर्मालाई सीआईवीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । शर्माले व्याज सहित वचतकर्ताको १५ अर्ब रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको हुन सक्ने अनुसन्धानमा खटिएको अधिकारीहरु बताउँछन् ।

पछिल्लो समय देखिएको आर्थिक संकटका पनि थुप्रै सहकारीहरु संकटग्रस्त भएका छन् । उनीहरुले गरेको लगनी फिर्ता नआउँदा थुप्र सहकारी अहिले बन्द भएका छन् । कतिपय सहकारीले भने जथाभावी लगानी गर्दा समस्यामा परेका छन् । त्यस्ता सहकारी प्रहरी अनुन्सधानमा छन् ।


प्रतिक्रिया दिनुहोस्