काठमाडौं महानगरभित्र सहकारी ठगी बढ्दै, ३२ वटै वडाका सहकारी माथि अनुगन गर्दै महानगर « Arthapath.com
१८ असार २०८०, सोमबार

काठमाडौं महानगरभित्र सहकारी ठगी बढ्दै, ३२ वटै वडाका सहकारी माथि अनुगन गर्दै महानगर



काठमाडौं । पछिल्लो सयम सहकारी संस्थाहरुको ठगी बढ्दै गएको छ । यस्ता ठगी बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले भने अनुगमन गर्ने भएको छ ।

महानगरले आफु अन्तरगतका सहकारीहरु माथि अनुगमन गर्ने भएको हो । महानगर अन्तरगत झण्डै १९ सय सहकारी सञ्चालनमा छन् । उनीहरु माथि तत्काल अनुगमन गर्ने तयारी महानगरले गरेको हो ।

महानगर अन्तरगको सहकारी विभागले उनीहरु माथि अनुगमन गर्ने तयारी गरेको हो । विभागका एक उच्च अधिकारीले महानगर मातहतमा सहकारी माथि अनुगमन गर्ने तयारी गरेको जानकारी गराए । महानगरले ३२ वटै वडामा रहेका सहकारीको अनुगमन गर्ने भएको छ ।

काठमाडौं महानगर अन्तरगतका ६९ सहकारीको गठी प्रकरणमा मुछिसकेका छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले अनुसन्धान गरिरहेको छ । त्यो बाहके थप उजुरी पनि महानगरको सहकारी विभागमा परेको छ । यसरी महानगर अन्तरगतकै सहकारीहरु ठगी प्रकरणमा देखिएपछि अनुगमन गर्न लागिएको बताइएको छ । हालसम्म विभागले त्यस्ता सहकारी संस्थाहरु माथि अनुगमन गर्ने गरेको थिएन । तर, पछिल्लो समय सहकारीहरुको ठगी बढ्दै गएपछि अनुगमन गर्ने योजना बनाएको एक अधिकारीले बताए । उनले भने,–‘अहिले सहकारीहरुको ठगी बढ्दै गएको अनुभुती पनि भएको छ । त्यसैले सहकारीहरु माथि अनुगमन आवश्यक देखिएको छ ।’

सहकारीमा बचतकर्ताको बचत डुबेको, सहकारीबाट हुने विभिन्न बदमासी र संचालक भाग्ने गरेको भन्दै गुनासो तथा उजुरी पनि उत्तिकै बढी रहेको छ । नियमभन्दा बाहिर रही सञ्चालन भएका तथा बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिने महानगर जनाएको छ ।

सबै सहकारी काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सञ्चालन भएका छन् । अनुगमनपछि आवश्यकता अनुरुप निर्देशन दिइने विभागको तयारी छ । निर्देशन पालना नगर्ने सहकारलाई ऐनअनुरुप कारवाहीको प्रक्रिया बढाईने छ ।

पछिल्लो समय देशभर नै सहकारी ठगीको घटना बेग्रल्ती बढ्दै गएको छ । पछिल्लो समयमा देखिएको आर्थिक संकटका कारण यस्तो ठगीको घटना बढेका छन् । सहकारीका संचालकहरुमा बढी महत्वकांक्षा हुँदा पनि ठगी बढ्दै गएको देखिएको छ । साथै, पछिल्लो समय देखिएको तरलता अभावको समस्या सहकारीहरुमा पनि देखिएको छ । सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् । त्यस्ता कारणले पनि सहकारी ठगीको मुद्दा दैनिक बढ्दो नै छ ।


प्रतिक्रिया दिनुहोस्