आर्जन बचत सहकारीको साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित, खराव कर्जा शुन्य « Arthapath.com
३१ भाद्र २०८०, आईतवार

आर्जन बचत सहकारीको साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित, खराव कर्जा शुन्य



कामठाडौं । ललितपुर कुमारीपाटी स्थित सञ्चालनमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । शनिबार सम्पन्न संस्थाको १४ औं साधारणसभाले गत आर्थिक वर्ष (आव) ०७९/८० को वार्षिक प्रतिवेदन र चालु आवको अनुमानित बजेट पारित गर्दै सो लाभांश पारित गरेको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष प्रविण सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार गत आव ०७९÷८० सम्ममा संस्थाको चुक्ता शेयर पुँजी तीन करोड ३९ लाख ५९ हजार ९०० रुपैयाँ पुगेको छ । संस्थाको कारोबारमा भने अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा १२.१० प्रतिशतले संकुचन आई २९ करोड ५३ लाख ६० हजार २८२ रुपैयाँ बराबर पुगेको संस्थाका अध्यक्ष सुवेदीले बताए ।

सुवेदीका अनुसार गत आव ०७९/८० मा संस्थाले २२ करोड ३६ लाख दुई हजार २२४ रुपैयाँ बराबर निक्षेप गर्न सफल भएको र सोही आवको अन्त्यसम्म २३ करोड २१ लाख सात हजार ३०० रुपैयाँ कर्जा लगानी पुँजी पुगेको छ । गत आवमा संस्थाले सात करोड १० लाख ९४ हजार रुपैयाँ नयाँ कर्जा लगानी गरेको छ भने सोही अवधिमा १३ करोड दुई लाख सात हजार ४९० रुपैयाँ कर्जा असुली गरेको छ ।

अध्यक्ष सुवेदीका अनुसार संस्थाले गत आवमा आयकर पछिको खुद नाफा ७६ लाख आठ हजार ६ सय ६४ रुपैयाँ आर्जन गर्न सफल भएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीलाई ध्यानमा राखेर संस्थाले निक्षेप र नयाँ कर्जा प्रवाहलाई खुम्च्याउने रणनीति अख्तियार गर्दा खुद नाफामा अघिल्लो आवको तुलनामा २७.११ प्रतिशतले संकुचन आएको उनले बताए ।

संस्थाले चालु आवमा तीन करोड ५० लाख शेयर पुँजी पु¥याउने, २५ करोड निक्षेप पु¥याउने, २५ करोड कर्जा लगानी पु¥याउने, ब्याज आम्दानी ४ करोड पु¥याउने र खुद नाफा एक करोड १० लाख पु¥याउने अुनमान गरेको छ । गत आवमा संस्थाले आधारभूत प्रतिशेयर आम्दानी २२ दशमलब ४० रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । गत आवको असार मसान्तसम्म खराब कर्जा शुन्य रुपैयाँ बराबर रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाको साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाकी प्रमुख रमा घिमिरेले पछिल्लो समयमा सहकारीहरुमा देखिएको समस्याको एउटा कारण सञ्चालक र सदस्यहरुबीचको निकटतामा कमि भएकोमा सो संस्थामा सो अवस्था नरहेको बताइन् । अहिलेको विषम परिस्थितिमा पनि संस्थाले समयमा नै साधारणसभा गरेर आफ्नो स्थिति प्रस्तुत गर्न सफल भएको भन्दै आगामी वर्षमा थप लाभांश आर्जन गर्न सक्ने बताएकी थिइन् ।

त्यस्तै संस्थाका सञ्चालक समितिका उपाध्यक्ष समिर महर्जनले सभाको अन्त्य गर्दै सहकारी भन्ने वित्तिकै तर्सिने वातावरण सिर्जना भएको अवस्थामा आफूहरुले शेयर सदस्यहरुलाई विश्वासमा लिएर काम गर्न सफल भएको बताएका थिए । साधारणसभा कार्यक्रमको सञ्चालन संस्थाका शेयर सदस्य केशब भट्टराईले गरेका थिए भने सहभागीहरुलाई स्वागत मन्तव्य ऋण उपसमितिका संयोजक रुपक बाराहीले गरेका थिए ।

सभामा उत्कृष्ट बचतकर्ता र एसर्ईईमा उत्कृष्ट नतिजा ल्याएका शेयर सदस्यहरुका छोराछोरीलाई मायाको चिनो र नगद सहित सम्मान गरिएको थियो । संस्थाले आफ्नै मोबाइल एप पनि सञ्चालनमा ल्याएकाले डिजिटल कारोबारलाई समेत अधिक प्रयोग गर्न सभामा बोल्ने वक्ताहरुले जो ड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्