देउरालीका अध्यक्ष चौलागाईंको ठगी धन्दाः अपाङ्ग र दृष्टिबिहिनको बिचल्ली « Arthapath.com
१ आश्विन २०८०, सोमबार

देउरालीका अध्यक्ष चौलागाईंको ठगी धन्दाः अपाङ्ग र दृष्टिबिहिनको बिचल्ली



काठमाडौं । ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीको केन्द्रीय कार्यलय रहेको छ। सर्वसाधारणबाट बचत संकलन गरी कानुन विपरित घरजग्गालगायत अध्यक्ष रवीन्द्र रवीन्द्र चौलागाईंले निजी ब्यवसायमा लगानी गरेको देउराली बहुउद्देश्यीय सहकारीले बचतको सट्टा केही समय अगाडी जग्गा दिने भन्दै सदस्य र नियामक निकायलाई झुक्याउन सफल भएका थिए।

त्यस्तै सञ्चालक चौलागाईंविरुद्ध कानुनी कारबाही अघि बढेसँगै यसबाट बच्नकै लागि उनले फेरि साना बचतकर्तालाई नगद र ठुला बचतकर्तालाई जग्गाको प्रलोभन देखाएर अहिलेसम्म झुक्याउन सफल भएका छन्। तर अब भने चौलागाईंलाइ कुनै पनि हालतमा नछोड्ने बचतकर्ताले बताएका छन्।

त्यस्तै देउराली सहकारीका शाखाहरू भक्तपुरको गठ्ठाघर र न्युरोडमा समेत सञ्चालन गर्दै आएका काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ बोक्से खाल्डे स्थायी निवासी रवीन्द्र चौलागाईंले सहकारी सञ्चालन गरेको करिब ७ वर्षमा नै कसरी अखुत सम्पति कमाउन सफल भए त ? मुख्य प्रश्न नै यही हो ? कति बचतकर्ता पुगे सडकमा त्ससको लेखाज‍ोखा सबै समयले नै गर्ने छ।

पछिल्लो समय सहकारीको विश्वसनीयता कम हुँदै गइरहेको अवस्थामा ललितपुरकै नम्बर १ सहकारीको रुपमा रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले सर्वसाधारणले खाई नखाई दैनिक मजदुरी गरी जम्मा गरेको रकमको दुरुपयोग गरी सहकारीका अध्यक्ष चौलागाईं सुरा सुन्दरी सहित तारेहोटलमा मोजमस्ती गर्दै लुङ्गी डान्समा व्यस्त रहेको समाचार प्रकाशित हुँदै आएका छन्।

सर्वसाधारणले दैनिक मजदुरी गरी जम्मा गरेको रकम दुरुपयोग गरी विभिन्न संघसंस्था तथा जग्गामा लगानी गरेका कारण सर्वसाधारणले आफूले जम्मा गरेको रकम माग्दा उल्टै अबदेखि फोन गरे नराम्रो हुने भन्दै सहकारीका अध्यक्षले चौलागाईंले थर्काउने गरेको गुनासो देउराली सहकारीका वचतकर्ता सातदोबाटोको भिम श्रेष्ठ र गोदावरीकी लक्ष्मी तामाङले गुनासो पोखेका छन्।

ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारीले करीब एक वर्ष अगाडि सूचना नै जारी गरी कारोबार बन्द भएको जानकारी बचतकर्ताहरुलाई गराएको थियो।

सहकारीले यसरी सूचना जारी गरी केही दिनको लागि कारोबार बन्द भनेपछि बचतकर्ताहरु अत्तालिएर आफ्नो रकम झिक्न सहकारीमा लाइन नै लागेका थिए भने केही महिलाहरु आफूले खाई नखाई बचन गरेको रकम भनेको समयमा झिक्न नपाउँदा रुवाबासी नै चलेको दृश्य जो कोहीले त्यहाँ देख्न सकिन्थ्यो।

काभ्रेपलाञ्चोक जिल्ला चौरी देउराली गाउँपालिका वडा नं।६ बोक्से खाडीटोल स्थायी निवासी हाल ललितपुरको भैंसेपाटीमा दशौं करोड बराबरको आलिसान महल खरिद गरी बसोबास गर्दै आएका सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंले खाई नखाई सर्वसाधारणले जम्मा गरेको रकम ‘मामाको धनमा फुपुको श्राद्ध’ भन्ने उक्तीलाई चरितार्थ गर्दै आफ्नो परिवारको नाममा विभिन्न संघसंस्थामा लगानी गरेको उनी नजिक सहकारीको संचालकहरुले बताउने गरेका छन्।

टाटपल्टेर ढोकानै बन्द भएको देउराली बहुउद्देश्यीय सहकारीले गरेको बदमासीलाई ढाकछोप गर्न अध्यक्ष रविन्द्र चौलागाईंले विभिन्न अनलाईन मिडियाहरुलाई मोटो रकम खर्चेर चौलागाईंले सहकारीको पक्षमा समाचार लेखाउँदै आइरहेका छन्।

अध्यक्ष चौलागाईंले करोडौं रुपैंयाँ खर्च गरी अफिस डेकोरेसन देखाई मुद्धती बचतकर्ताहरुलाई मासिक रुपमा २० देखि २२ प्रतिशत ब्याज दिने प्रलोभनमा सहकारी डिभिजन कार्यालय, सहकारी सुपरीवेक्षण कार्यालय र सम्बन्धित निकायको सहकारी संचालनसम्बन्धी ऐन नियमलाई धोती लगाउँदै अर्बौं रुपैयाँ सहकारीमा जम्मा गर्न सफल बनेका थिए।

यति मात्रै नभई सहकारीका चतुरोखेलाडी चौलागाईंले ललितपुर धापाखेलकी मञ्जु भण्डारीको पुरख्यौली घरको २ करोड ४ लाख राखी आफ्नी श्रीमती पुजा खत्रीको नाममा पास गराई रु १ करोड बहत्तर लाख सहकारीमा राख्नुस मासिक लाखको १० हजार व्याज दिन्छु भनी लोभ देखाएको र हाल आएर चौलागाईंले घर लिलाम गराएको भन्दै मञ्जु भण्डारीले आँशु झार्दै गुनासो गरेकी छन्।

यसरी सहकारीका मायुर खेलाडी चौलागाईं अर्बौं रुपैयाँ बचतकर्ताहरुले गरेको रकम जग्गा, विभिन्न संघसंस्थामा लगानी गरी रातारात अर्बौंपति बन्न सफल भएका थिए। चौलागाईले बचतकर्ताहरुको रकमको दुरुपयोग गर्दै आरआर ग्रुप अफ कम्पनी दर्ता गर्दैं त्यस अन्तरगर्त संचालन हुने गरी देउराली मल्टी पर्पोज को—अपरेटिभ प्रा।लि।, श्री पूजा पोल्ट्री फार्म प्रा।लि।,देउराली प्रोप्रटिज प्रा।लि।, मुन भेन्चर इन्भेष्टमेन्ट प्रा।लि।,अन्नपूर्ण डिस्टिलरी प्रा।लि।, आरआर रिसर्च एण्ड डेभलपमेन्ट नामक कम्पनीहरु खडा गरी अर्बौंपति बन्न सफल भए।

तर, सामान्य ज्यालादारी मजदुरी गरी खाई नखाई बचाएको रकम दुरुपयोग गरी त्यस्ता वर्गका व्यक्तिहरुलाई रोडमा ल्याउने काम अध्यक्ष चौलागाईंले गरेका छन्। करिब एक वर्ष अगाडि सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीको प्राङ्गडमा देखिएको भिडभाड, रुवाबासी र गरिब जनताको चित्कारले सहकारीले गरेको बदमासीको पुष्टी हुन्छ।

सहकारीको विषयमा जानकारी लिन अध्यक्ष रविन्द्र चौलागाईंलाई उनको मोबाइल नम्बर ९८०१८४७५०० मा सम्पर्क गर्दा फोन नै नउठाई सम्पर्क विहिन बनेका छन्। आफ्नो सहकारीको विश्वसनीयता छ भनी देखाउनका लागि गत वर्ष आफ्नै भवन भएको भन्दै सो भवनको उद्घाटनको लागि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई उद्घाटन गर्न लगाएका थिए।

त्यसैगरी देउराली बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष चौलागाईंले अपांग तथा दृष्टिबिहिनहरूको बचत समेत डुबाएर बेहाल अवस्था बनाएको खुल्न आएको छ। देउराली सहकारीका अध्यक्ष चौलागाईंले दृष्टिबिहीनको बचत समेत अहिलेसम्म फिर्ता नगरेर अन्याय गरिरहेका छन्।

दृष्टिबिहीन उमेश थापा देउराली सहकारीमा जम्मा गरेको बचत फिर्ताको माग गर्दै केही समय अगाडि सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली सहकारीमा पुगे पनि आफुले जम्मा गरेको रकम अहिलेसम्म फिर्ता नपाएको उनले गुनासो गरेका छन्। व्यवसाय सुरु गर्न भनी आफू जस्तै दृष्टिबिहिनहरुबाट संकलित पैसा गायव भएको उनी दुखेसो पोख्छन्।केही गर्ने भनेर जम्मा गरेको पैसा सहकारीका अध्यक्ष चौलागाईंले ठगी गरेको थापाको भनाई छ।

दृष्टि विहीनले सानो सानो रकम संकलन गरेर जम्मा गरेको पैसा अहिले सहकारीका अध्यक्ष चौलागाईंले गायब बनाएको उनले बताए। यता अबौं रुपैयाँ अपचलन गरेका देउरालीका अध्यक्ष दृष्टि विहीनहरूको सम्पर्कमा कहिले पनि आएका छैनन्। तर उनै अध्यक्ष चौलागाईंले बचत कर्तालाइ बेलाबेलामा झुठो विज्ञप्ती जारी गरेर अर्को ठगि गर्ने गरेको बचत कर्ताहरूले बताएका छन्।

देउराली सहकारीका अध्यक्ष चौलागाईंको मनसाय बचतकर्ताको पैसा फिर्ता गर्ने नभएको पीडित पुरुषोतम कार्कीले बताए। सहकारीले पैसा नतिर्ने र बचतकर्ताको पैसा ठगी गर्ने नियतले केही यूट्यूब र अनलाइन मिडियाहरूलाइ परिचालित गरेको कार्कीले बताए। खाई नखाई बचत गरेको हजारौ नगारिकको पैसा देउराली सहकारीका अध्यक्ष चौलागाईंले ठगी गरेका छन्। देउराली सहकारीका अध्यक्ष चौलागाईंलाई कानुनको दायरामा ल्याई कारबाही गर्नुपर्ने बचत कर्ताहरूले बताए।

त्यस्तै अध्यक्ष चौलागाईंले काठमाडौं उपत्यकाभित्र घरजग्गा विभिन्न कम्पनीको नाममा रहेपनि घरजग्गा रोक्का रहेको भन्दै उपत्यकाबाहिरको जग्गा स्विकार गर्न बचतकर्तालाई केही समय अगाडि बाध्य पारेका थिए। संस्थाका अध्यक्ष चौलागाईले सहायक कम्पनी खडा गरी सर्वसाधारणको बचत रकम चितवन र लामाटरमा जग्गामा रहेको भन्दै बचतकर्तालाइ ठगि गरेका थिए।

उनले चितवन जिल्ला भरतपुर नगरपालिका–६ मेघौलीमा ५७ विगाहा जग्गालाई १ हजार २ सय ६७ प्लटमा प्लटिङ गरेको बताएका थिए। देउराली बहुउद्देश्यीय सहकारी संस्थाको थप कालाकर्तुत बारे समाचार प्रकाशित गर्दै जाने छौं।


प्रतिक्रिया दिनुहोस्