श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा



काठमाडौं । सरकारले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । उक्त सहकारीलाई भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रिस्तरीय निर्णयबाट बुधवार समस्याग्रस्त घोषणा गरिएको हो ।

सहकारी विभागको सिफारिसमा उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्