सहकारीको ऋण समयमै तिर्न महानगरको आग्रह, नत्र कानुन बमोजिम असुली गर्ने « Arthapath.com
५ चैत्र २०८०, सोमबार

सहकारीको ऋण समयमै तिर्न महानगरको आग्रह, नत्र कानुन बमोजिम असुली गर्ने



काठामाडौं । सहकारी संस्थाका ऋणिलाई समयमै ऋण चुक्त गर्न काठमडौं महानगरले आग्रह गरेको छ । महानगर कार्यापालिकाको कार्यालय सहकारी विभागले एक सूचना निकाल्दै समयमा नै भुक्तानी गर्न आग्रह गरेको हो ।

ऋणीले लिएको ऋण रकमको समयमै सावाँ तथा ब्याज भुक्तानी नगरेको र केही ऋणीले विभिन्न बहानाबाजी गर्ने र केही समूहले ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारी पूर्ण अभिव्यत्तिको आधारमा चुक्तानगरेको गुनासो आएको महानगरले जनाएको छ ।

केही सहकारी संस्थाहरुमा तरलताको समस्याले सदस्यहरको बचत फिर्ता गर्न समेत नसकेको अवस्था आएको विभागले जनाएको छ।

समयमा नै ऋण भुक्तान नगरेमा कानुन बमोजिम ऋणीको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरि रोक्का राख्न स्वयमले सम्वन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था रहेको छ ।

समयमा नै सावाँ ब्याज भुक्तान नगरेमा कानून बमोजिम ऋण असुली प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्