एउटै व्यक्ति दुईभन्दा बढी सहकारीको सञ्चालक हुन नपाउने विभागको निर्देशन कार्यान्वयन हुँदैन: महासंघ

काठमाडौं । एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघ–संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि सहकारी विभागले निर्देशन गरेको थियो ।
तर, विभागको सो निर्देशन प्रति राष्ट्रिय सहकारी महासंघले भने आपत्ति जनाएको छ ।
सहकारी विभागले १९ जेठमा एक सूचना जारी गर्दै एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघ/संस्थाको सञ्चालक नहुन नपाउने भन्दै त्यस्तो व्यक्तिले ३० दिनभित्र दोहोरो पद त्यागेर एकल पदमा मात्रै बस्न निर्देशन दिएको थियो । तर, सहकारी अभियानमा समस्या हुने भन्दै महासंघले आपत्ति जनाएको हो ।
एक विज्ञप्ति जारी गर्दै विभागको सो निर्देशन कार्यान्वयन गर्न नसकिने महासंघले प्रष्ट पारेको छ ।
एक जना व्यक्ति एकै समयमा एउटा मात्र सहकारी संघ/संस्थाको सञ्चालक हुन सक्ने भन्ने निर्देशनले सहकारी अभियानमा कठिनाइ उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ।
