वचत तथा ऋण सहकारी संस्थाहरूमा नियमन आवश्यक, समस्या समाधान गर्न निरन्तर छलफलमा समिति « Arthapath.com
१३ श्रावण २०८१, आईतवार

वचत तथा ऋण सहकारी संस्थाहरूमा नियमन आवश्यक, समस्या समाधान गर्न निरन्तर छलफलमा समिति



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले निरन्तर छलफलमा जुटिरहेको छ।

आइतबार पनि समितिले सरोकारवाला निकायहरुसँग गरेको छ । सहकारी क्षेत्रको लेखापरीक्षणको क्रममा देखिएका समस्या, वचत दुरुपयोग र ठगीको बारेमा आइतबार समितिले छलफल गरेको हो ।

सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने समितिका सभापति सूर्य थापाले बताए । उनका अनुसार लेखापरीक्षण र लेखापरीक्षकको महत्त्वपूर्ण भुमिकाका बारेमा कानुनी प्रबन्ध र गर्नुपर्ने सुधारको विषयमा व्यापक छलफल भएको छ ।

छलफलमा बचत तथा ऋण सहकारी संस्थाहरूमा नियमन नगर्ने हो भने बन्द गनुपर्ने पर्यो सुझाव दिएका थिए । लेखापरीक्षकले कैफियत देखाएका विषयमा शेयर सदस्यहरूले ध्यान नदिने गरेको पाइएको जानकारी गराइएको थियो । बरू लाभांश, खानपान र यातायात लगायतमा ध्यान दिने स्थिति रहेको प्रवृत्ति पनि उल्लेख गरेका थिए ।

सहकारीको चार्टर्ड एकाउन्टेन्टले लेखापरीक्षण गर्ने, हस्ताक्षरचाहिं रजिष्टर्ड लेखापरीक्षकले गर्ने गरेको पाइएको जानकारी गराइएको थियो । हस्ताक्षरकर्तालाई लेखापरीक्षणको अवस्था थाहा नहुने र लेखापरीक्षण गर्नेको प्रतिवेदना हस्ताक्षर नहुने बेथिति अन्त्य गर्न पनि जोड गरिएको थापाले बताए । संचालक समितिको इच्छाअनुसारको लेखापरीक्षण प्रतिवेदन बनाउने गरी लेखापरीक्षक नियुक्त गरिने अवस्था हट्नु आवश्यक रहेको ओैल्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्