इमेज सहकारी ठगी प्रकरणः संस्थापक अध्यक्ष नेपालीलाई पूर्पपक्षका लागि थुनामा राख्न आदेश « Arthapath.com
१५ आश्विन २०८१, मंगलवार

इमेज सहकारी ठगी प्रकरणः संस्थापक अध्यक्ष नेपालीलाई पूर्पपक्षका लागि थुनामा राख्न आदेश



काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपालीलाई पूर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

बचत रकम अपचलन गरेको आरोपमा नेपाली १६ महिनापछि पक्राउ परेका थिए । बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख समेत रहे नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको हो ।

मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको ।

उनको बयान भने सोमबार नै सकिएको थियो । इमेज सहकारीमा सहकारीमा बचतकर्ताको दुई अर्ब रुपैयाँ अपचलन गरेको आरोप नेपाली माथि छ ।

उनी २०८० जेठ ५ गते फरार भएका थिए । उनीसंगै पक्राउ परेका ओम प्रसाद दर्जीलाई एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस्