समस्याग्रस्त १८ सहकारीलाई १५ दिनभित्र दायित्व फरफारक गर्न निर्देशन « Arthapath.com
१ कार्तिक २०८१, बिहीबार

समस्याग्रस्त १८ सहकारीलाई १५ दिनभित्र दायित्व फरफारक गर्न निर्देशन



काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई १५ दिनभित्र दायित्व फरफारक गर्न निर्देशन दिएको छ । कार्यालयले सम्रस्याग्रस्त १८ वटा सहकारीका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई दायित्व फरफारक गर्न निर्देशन दिएको हो ।

समितिले यसअघि पटक–पटक सूचना जारी गरेर तथा एसएमएससमेत गरेर दायित्व फरफारकका लागि ताकेता गर्दासमेत सम्पर्कमा नआएकोले समय तोकिएको उल्लेख गरेको छ ।

१५ दिनको अवधिमा दायित्व बुझाउन नआएमा निज ऋणी र निजको एकाघर परिवारको सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने र रोक्कामा राखिएका सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गर्ने कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्