सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई रुपन्देही लगियो « Arthapath.com
५ कार्तिक २०८१, सोमबार

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई रुपन्देही लगियो



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही पठाइएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई सोमबार जहाजमार्फत रुपन्देही लगिएको हो । त्यहाँपनि उनीविरुद्ध सहकारी ठगीबारे बयान गराइने छ ।

जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् ।


प्रतिक्रिया दिनुहोस्