राष्ट्रिय वाणिज्य बैंकद्धारा ‘ग्लोबल मनी वीक’ सम्पन्न « Arthapath.com
१९ चैत्र २०७९, आईतवार

राष्ट्रिय वाणिज्य बैंकद्धारा ‘ग्लोबल मनी वीक’ सम्पन्न



काठमाडौं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी वीकको सम्पन्न गरेको छ ।

कम्पनीले देशभरी विभिन्न १३४ शाखा कार्यालयहरु मार्फत १० हजार भन्दा बढी युवा विद्यार्थी, कर्मचारी, मजदुर, कृषकहरु माझ वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । अन्तराष्ैिट्रय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी वीक बैंकले चैत ६ देखि १२ गतेसम्म साताव्यापी प्लान योर मनि, प्लान्ट योर फ्यूचरको नारासहित सम्पन्न गरेको छ ।

बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरु, कर्मचारी, मजदुर तथा कृषकहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो । अभियान अन्तर्गत बैंकले डिजिटल बैंकिङ्ग, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन भएको थियो ।

बैंकका विभिन्न शाखा कार्यालयहरु मार्फत वित्तीय सचेतना मूलक अन्तरक्रिया सञ्चालन भएकोे हो । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरेको छ । यसै सन्दर्भमा बैंकले सञ्चालन गरेको ग्लोबल मनी विक कार्यक्रमको समिक्षा समेत गरेको छ । बैंकले केही वर्षदेखि हरेक त्रयमासमा सबै शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्