१३ वर्षदेखि निराश छैनन् शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सेयरधनी, कुन वर्ष कति बाँड्यो लाभांश ?
काठमाडौं । शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकले यो वर्षका लागि लाभांश घोषणा गरेका छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरि कुल ८ प्रतिशत लाभांश दिने भएको छ ।
यो वर्ष पनि बैंकले आफ्नो क्षमता अनुसारकै लाभांश वितरण गरेको छ । यो वर्ष कम्पनीको लाभांश क्षमता ८.१२ प्रतिशत थियो ।
विगतका वर्षहरुको तुलनामा बैंकको लाभांश दर घटेको छ । अघिल्लो आवको मुनाफाबाट गत वर्ष पनि बैंकले १४ प्रतिशत लाभांश बाँडेको थियो । बैंकले गत वर्ष १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिएको थियो ।
बैंकले विगत १४ वर्षदेखि आफ्ना सेयरधनीलाई निराश बनाएको छैन । अघिल्लो वर्षहरुमो दोहोरो अंककै दरमा लाभांश वितरण गरेको छ । १३ वर्षे लाभांश इतिहासमा बैंकले आफ्ना सेयरधनीलाई साढे २८ प्रतिशतसम्म लाभांश बाँडेको देखिन्छ ।
बैंकले आर्थिक वर्ष २०६७–६८ देखि हालसम्म कुनै पनि वर्ष आफ्ना सेयरधनीको हात रित्तो बनाएको छैन । सो आवमा बैंकले १५ प्रतिशत नगद लाभांश मात्रै दिएको थियो ।
आव २०६८–६९ मा १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश , आव २०६९–७० मा २० प्रतिशत बोनस र २०७०–७१ मा १० प्रतिशत बोनस र १२ प्रतिशत नगद लाभांश बाँडेको थियो ।
यस्तै, आव २०७१–७२ मा भने हालसम्मकै उच्च २७ प्रतिशत बोनस र कर प्रयोजनका लगि १.४२ प्रतिशत नगद गरि कुल २८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
समग्रमा गत आवमासम्म आइपुग्दा बैंकले आफ्ना सेयरधनीलाई दोहोरो अंकको दरमा लभांश वितरण गरेको थियो ।
यस्तो छ बैंकको १३ वर्षे लाभांश इतिहास: