लाभांश पारित गर्दै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारण सभा सम्पन्न « Arthapath.com
२९ पुष २०७९, शुक्रबार

लाभांश पारित गर्दै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारण सभा सम्पन्न



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कंम्पनी लिमिटेडको २८औं वार्षिक साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहित आथिक वर्ष व. २०७८÷७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, कम्पनीको चुक्ता पूँजीको ७.६० प्रतिशत लाभाँश वितरण (बोनश शेयर २.४० प्रतिशत तथा नगद लाभाँश ५.२० प्रतिशत) सम्बन्धि प्रस्तावलाई अनुमोदन गरेको हो ।

साथै, कम्पनीको शेयर संरचना हाल कायम रहेको संस्थापक तर्फको ५३.३२ प्रतिशत र सर्व–साधारण तर्फको ४६.६८ प्रतिशतलाई क्रमशः ५१ प्रतिशत र ४९प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा सभा अध्यक्षले विषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार बृद्धि हुनुमा आफ्ना ग्राहकहरुसंगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलीतर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए । कम्पनीले २०७९ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधि भित्र रहि व्यवसायीक कार्य गर्दै नियामक निकायहरुको निर्देशनहरु पूर्ण रुपमा पालना गरिएको जानकारी समेत सभालाई गराउनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्