पोखरा फाइनान्सको सञ्चालकमा दुई जना नियुक्त « Arthapath.com
३० जेष्ठ २०८०, मंगलवार

पोखरा फाइनान्सको सञ्चालकमा दुई जना नियुक्त



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडकोे संचालकमा दुई जना नियुक्त भएका छन् ।

संस्थाको जेठ ३० गते बसेको संचालक समितिको बैठकले संस्थापक समूहबाट रिक्त रहेको संचालक पदमा निशान ढकाललाई नियुक्त गरेको हो । कम्पनीले ढकाललाई बाँकी कार्यकाल आगामी साधारण सभा सम्मको लागि नियुक्त गरेको छ ।

साथै, संस्थाको संचालक समितिमा १ जना स्वतन्त्र संचालक रहनुपर्ने व्यवस्था रहेकोमा हाल उक्त रिक्त पदमा तिल बहादुर गुरुङलाई आगामी ४ वर्षको लागि नियुक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्