गुडविल फाइनान्सको साधारण सभा असार २१ गते, के के छन् एजेण्डा « Arthapath.com
३२ जेष्ठ २०८०, बिहीबार

गुडविल फाइनान्सको साधारण सभा असार २१ गते, के के छन् एजेण्डा



काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले २८औं वार्षिक साधारण सभा असार २१ गतेका लागि बोलाएको छ । सभाकाठमाडौं, हात्तीसारस्थित कम्पनीको कार्यालयमा दिन बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । यस वर्ष सेयरधनीको हात रित्तो हुने भएको हो ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १२ देखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्