महोत्तरीको औरहीमा समृद्धि फाइनान्सको नयाँ शाखा उद्घाटन « Arthapath.com
६ असार २०८०, बुधबार

महोत्तरीको औरहीमा समृद्धि फाइनान्सको नयाँ शाखा उद्घाटन



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको दसौं शाखाअसार ६ गते बुधबार शाखा कार्यालय औरही, महोत्तरीको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

औरही नगरपालिकाका मेयर प्रदिप कुमार खडका र समृद्धि फाईनान्स लिका संचालक दुर्गा थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । फाइनान्सको संचालक दुर्गा थापाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा औरही नगरपालिकाको मेयर प्रमुख अतिथिको रुपमा रहेका थिए ।

संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्यका थिए । उक्त कार्यक्रममा, औरही नगरपालिका वडा नं. १ का वडाध्यक्ष योगी चौधरी, औरही उद्योग बाणिज्य संघका प्रमूख श्रवण चौधरी र औरही नगरपालिकाको मेयर प्रदिप कुमार खडका लगायतले बैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै बैंकको उत्तरोक्तर प्रगतिको शुभकामना दिए । अन्त्यमा संस्थाका संचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकता बमोजिम बैंैकले आफ्ना सेवाहरु लाई परिमार्जन गर्दै गुणस्तरिय सेवा दिने कुरा विश्वस्त पार्दै कार्यक्रमको समापन गरेका थिए ।

उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल दस वटा पुगेको छ । संस्थाले यसै हप्ता थप २ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना बनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्