जानकी फाइनान्सको साधारण सभा कहिले ? « Arthapath.com
१० श्रावण २०८०, बुधबार

जानकी फाइनान्सको साधारण सभा कहिले ?



काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा साउन १३ गतेका लागि बोलाएको छ । सभा मसाला कटेज तिरहुतिया गाछी ४ जनकपुरधाममा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन २ देखि १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्