समृद्धि फाइनान्सको हेटौंडा र पोखरा शाखामा बृक्षारोपण सम्पन्न « Arthapath.com
१४ श्रावण २०८०, आईतवार

समृद्धि फाइनान्सको हेटौंडा र पोखरा शाखामा बृक्षारोपण सम्पन्न



काठमाडौं । समृद्धि फाइनान्सले हेटौंडा र पोखरा शाखाबाट बृक्षारोपण कार्यक्रम समापन गरेको छ । साउन १३ गतबाट सुरु भएको बृक्षारोपण कार्यक्रम साउन महिना भित्र सम्पुर्ण १३ वटै शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जानकारी दिएको हो।

साथै फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये साउन महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा बृक्षारोपणको सुरुवात गरेको र आर्थिक बर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट विभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्