रिलायन्स फाइनान्सको साधारण सभा आज « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

रिलायन्स फाइनान्सको साधारण सभा आज



काठमाडौं । रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा आज बस्दैछ । अनुपम फुड ल्यान्ड एन्ड ब्यांक्वेट प्रालि बत्तीसपुतलीमा सभा बस्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०८०–८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित हुनेछ । यस्तै, आव २०८०–८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पनि पारित हुनेछन् ।

यस्तै, अन्य कुनै बैंक वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि संस्थाले जेठ १४ गते बुक क्लोज गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्