स्वावलम्बन लघुवित्तको अध्यक्षमा डा.गुरुङ चयन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ नियुक्त भएकी छिन् । पुस २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा डा. गुरुङलाई चयन गरेको हो ।
यससँगै उनले संस्थाको अध्यक्ष पदमा रहेर आगामी कार्यकाल सम्हाल्ने छिन् । डा. सुमित्रा मानन्धर गुरुङ, महिला सहयात्रा माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।
उनले आफ्नो व्यवसायिक यात्रा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र, इसिमोडबाट शुरु गरेको हो । उनले अमेरिका स्थित हवाई विश्व विद्यालयबाट भुगोल शास्त्रमा विद्यावारिधि गरेको छ । यस अघि महीला सहकारी समाजमा प्रमुख कार्यकारी भएर काम गरेकी डा. गुरुङसंग प्लान इन्टर्नेशनलमा परियोजना निर्देशक भएर काम गरेको अनुभव छ ।
यो संगै उनीसंग ग्रामिण तथा शहरी विकास कार्यक्रमहरुमा लामो समय काम गरेको अनुभव छ ।