फरवार्ड माईक्रोफाइनान्सको कामु सीईओको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

फरवार्ड माईक्रोफाइनान्सको कामु सीईओको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई



काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशानारायण चौधरीले राजीनामा दिएका छन् । उनले घरायसी कारण देखाउदै संस्थाबाट राजीनामा दिएका हुन ।

बैशाख १२ गते बसेको संचालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत समेत गरेको छ । सोहि बैठकले संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई दिएको हो ।

भट्टराई यस यघि उक्त संस्थाको सहायक महाप्रबन्धक पद समालि रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्